बिडिसिए कप क्रिकेट:निङलाशैनीको शानदार शुरूवात,खडकको शतक

 बैतडी-बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा निङलाशैनी क्रिकेट क्लब९एनसीसी०,देहिमाडौंले शानदार शुरूवात गरेको छ।
समूह बी को पहिलो खेलमा कालाशैनी क्रिकेट क्लब,बुड्डालाई ९ विकेटले पराजित गर्दै एनसीसीले शानदार जित निकालेको हो। एनसीसीको जितमा खडक बोहराले अलराउन्डर प्रदर्शन गरे।
कालाशैनीले दिएको २०४ रनको मध्यम लक्ष्य एनसीसीले २२।३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । जसमा खडकले शतकीय पारी खेले। म्यान अफ द म्याच खडकले ७० बलको सामना गर्दै १८ चौका र २ छक्काको मद्दतमा १०६ रनमा अविजित रहे। नरेन भट्ट ६७ रनमा नटआउट रहे। दिपेश बोहरा १५ रनमा आउट भए । ८।५ ओभरमा ७९ रन जोड्दा पहिले विकेट गुमाएको एनसीसीका लागि खडक र नरेनले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए।
कालाशैनीका लागि नरेश राम लावडले १ विकेट लिए।
त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको कालाशैनीले ४४ ओभरमा २०३ रनमा समेटियो। उसका टिकेन्द्र बहादुर चन्दले ३७ र रोशन चन्दले ३६ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् ।
एनसीसीका लागि खडक बोहराले ४ र कप्तान रिसिकेश बोहराले ३ विकेट हात पारे।
समूह ए बाट यसअघि एनआरवाइसी टिम सेमिफाइनलमा पुगिसकेको छ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।
विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.