निवर्तमान मुख्यमन्त्री रावलद्वारा बैतडीको महिला क्रिकेट टोलीलाई ट्रयाकसुट प्रदान

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बैतडीको महिला क्रिकेट टोलीलाई ट्रयाकसुट प्रदान गर्नुभएको छ। प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्न कैलाली पुगेको टोलीलाई रावलले ट्रयाकसुट प्रदान गर्नुभएको हो।

निवर्तमान मुख्यमन्त्री रावलले आफ्नो टिमलाई ट्रयाकसुट प्रदान गरेको बैतडीको महिला क्रिकेट टोलीका कप्तान रितु कनौजियाले जानकारी दिनुभयो।
यसअघि शुक्रबार बैतडीको दशरथचन्द नगरपालिकाले पनि उक्त टोलीलाई टोपी प्रदान गरेको थियोे ।

प्रदेशस्तरीय छनौट प्रतियोगिता आइतबारदेखि कैलालीको तेघरीमा शुरु हुदैछ। बैतडीको पहिलो खेल भोलि बझाङसंग छ।

रितु कनौजियाको कप्तानी १४ सदस्यीय टोली कैलाली पुगेको हो।
कप्तान रितुसंगै पिंकी बोहरा,आरती बोहरा,जानकी थापा,संगिता मौनी,करिष्मा थापा,निर्मला भण्डारी,रितु बुडाल,ममता बोहरा,रबिना बोहरा,बसन्ती बोहरा,लक्ष्मी महर,रेनु पेला र ममता चन्द टोलीमा रहेका छन्।

दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा ३ दिन छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टोली छनौट गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
बैतडीको टोलीले राम्रो प्रदर्शन गर्दै च्याम्पियन बन्ने विश्वास गरिएको प्रशिक्षक दीपेन्द्रबहादुर बोहराको विश्वास छ।
प्रदेशस्तरीय छनौटबाट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ ।

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ।

Leave A Reply

Your email address will not be published.