बैतडीः सुर्नयागाड विद्युत गृह सञ्चालन गर्न प्राबिधिक टोलीको अनुगमन

बैतडी-बन्द रहेको बैतडीको सुर्नया गाड विद्युत गृह सञ्चालनको लागि स्थलगत अनुगमन गरिएको छ । २०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नको लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्यतु वितरण केन्द्र बैतडीको प्राविधक टोलीले शनिबार स्थलगत अनुगमन गरेको हो ।
केही प्राविधिक उपकरणको व्यवस्थापन तथा मर्मतको काम भएको अवस्थामा छिट्टै सय किलानेवाड विद्युत उत्पदान गर्न सकिने देखिएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । ‘कुलो मर्मत र केही प्राबिधिक कुराको व्यवस्थापन गर्न सके सय किलोवाड विद्युसत उत्पदान गर्न सकिने देखिएको छ,’ उनले भने ।

सिचाई र विद्युत गृह सञ्चालनको लागि प्रयोग हुने नहरमा पानीको मात्रा पनि कम रहेको पाइएको छ । केही दिनमा पानीको नहर सफाई गरिने र त्यसमा पानीको मात्रा बढेको अवस्थामा विद्युत गृह सञ्चालनको लागि प्राबिधिक उपकरणको व्यवस्थापन गरि सञ्चालनको तयारी अघि बढाइने प्रमुख पौडेलले बताए ।

विद्युत वितरण केन्द्र बैतडीले सुर्नया गाड विद्युत गृह पूर्ण सञ्चालनको लागि आयोजना विभागलाई पत्राचार गरेको छ । उक्त गृहको दुवै युनिटबाट विद्युत गृह सञ्चालन गर्नसके २ सय किलोवाड विद्युत उत्पदान गर्न सकिने वितरण केन्द्र बैतडीले जनाएको छ ।
हाललाई एउटै युनिबाट पनि विद्युत सञ्चालन गरी सय किलोवाड विद्युत उत्पदानको लागि पहल भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.