शिवनाथमा विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न

बैतडी। बैतडीको शिवनाथमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। लैङ्गिक हिंसा न्युनिकरणमा समुदायको भुमिका विषयमा अन्तर माध्यमिक विद्यालय स्तरीय खुुल्ला वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

शिवनाथ गाउँपालिका शिक्षा युवा खेलकुद शाखाको आयोजनामा आज प्रतियोगिता सम्पन्न भएको शिवनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख दिनेश साँउदले बताए। साथै प्रतियोगितामा प्रथम हिरापुर मावि बसेडी भ्वाँ द्धितिय उदय मावि कफाडी तृतिय शिवपुर्ण मा वि लामाखाली र सान्त्वना पिपलकोट मावि लोजनी भएका छन। विजेता सबै लाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।

लैङ्गिक हिंसा न्युनिकरणमा समुदायको भुमिका शिर्षकमा वतृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको कार्यक्रममा शिवनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँदको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी नागार्जुन मावि शर्माली का प्रधानाध्यापक महामल सिंह साँउद रहेका थिए। साथै उक्त कार्यक्रममा विभिन्न विधालयका प्रधानाध्यापक र शिक्षक, गाउँपालिका कर्मचारीहरु लगायतको उपस्थिति रहेका थियो। वालवालिकाको अन्तरनिहीत क्षमताको उजागर गर्न गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ। उक्त वक्तृत्वकला प्रतियोगिताको कार्यक्रम संचालन हर्षराज भट्टले गरेका थिए।

Leave A Reply

Your email address will not be published.