अफगानिस्तानसँगको खेलमा अर्जुन कुमालको अर्धशतक

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानसँगको खेलमा नेपालका ओपनर ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएका छन् ।

अफगानिस्तानले दिएको २ सय ६२ रन पछ्याएको नेपालका लागि अर्जुन कुमालले ७५ बलमा अर्धशतक बनाए । ताजा अवस्थामा नेपालले ३१ ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको छ ।

यसअघि नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बोहरा १५, दिपेश कँडेल ११, उत्तम मगर ४ तथा विपिन रावल र आकाश त्रिपाठी शून्य रनमा आउट भए ।

Leave A Reply

Your email address will not be published.