पिएम कप महिला सुदूरपश्चिम छनौट शुरू, उद्घाटनमा कञ्चनपुर विजयी

बैतडी। प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आइतबारदेखि शुरू भएको छ। कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदानमा शुरू प्रतियोगिताको एक समारोहकाबीच उद्घाटन गरिएको छ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट बहादुर साउदले गर्नुभयो। यस्तै उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह,नेपाल क्रिकेट संघका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद,विक्रम विष्ट, क्रिकेट संघका प्रदेश अध्यक्ष बासुदेव जोशी,उपाध्यक्ष रमेश बोहरा,सचिव लक्ष्मण भट्ट लगायतको उपस्थिति रहेको थियो।

त्यसपश्चात भएको उद्घाटन खेलमा कैलालीमाथि ४ विकेटको जित निकाल्दै कञ्चनपुरले सुखद सुरुवात गरेको छ। जितका लागि पाएको १२५ रनको लक्ष्य कञ्चनपुरले ६ विकेटको क्षतिमा भेट्टायो।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ। काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.