पिएम कप सुदूरपश्चिम छनौट : बैतडीको विजयी शुरूवात

बैतडी -प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले विजयी सुरुवात गरेको छ। सोमबार बझाङलाई छ विकेटले हराउँदै बैतडीले विजयी शुरूवात गरेको हो ।
बझाङले दिएको १०६ रनको लक्ष्य बैतडीले १३.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । जसमा लक्ष्मी महरले ३०, कप्तान रितु कनौजियाले २४ र ममता चन्दले १० रनको योगदान गरिन्। बझाङका अनु खडायत,कविता जोशी र सम्झना खड्काले १ विकेट हात पारिन् ।

त्यसअघि कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बझाङले १५ ओभरमा ३ विकेटको क्षतिमा १०५ रन बनाय। उसका अनु खडायतले ३७ र कबिता जोशीले २६ रनकमे योगदान गरिन्। बैतडीका लागि निर्मला भण्डारी र बसन्ती बोहराले १र१ विकेट हात पारिन्।


खेलकी ओम्यान अफ द म्याच बैतडीकी लक्ष्मी महर चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो। प्रदेशस्तरीय छनौट प्रतियोगिताका सबै खेल जित्दै च्याम्पियन हुने लक्ष्य रहेको बैतडीका टीम व्यवस्थापक अनिल विष्टले बताउनुभयो ।
प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ। काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेटप्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.