पिएम कप सुदूरपश्चिम छनौट: रितुको अर्धशतकको बाबजुद बैतडी पराजित

बैतडी । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा कैलालीले बैतडीलाई ४ विकेटले पराजित गरेको छ। यसअघि लगातार दुई खेल जितेको बैतडी तेस्रो खेलमा पराजित भएको हो।

बैतडीले दिएको १०९ रनको लक्ष्य कैलालीले १८।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा रूबी पोद्दारले अर्धशतकीय पारी खेल्दै ५१ रन जोडिन्। बैतडीका लागि जानकी थापा, निर्मला भण्डारी,बशन्ती बोहरा र लक्ष्मी महरले १र१ विकेट लिए ।

त्यसअघि कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बैतडीले २० ओभरमा ८ विकेटको क्षतिमा १०८ रन बनायो । जसमा कप्तान रितु कनौजियाले अर्धशतकीय पारी खेल्दै ६२ रनमा अविजित रहिन् ।

कैलालीका लक्ष्मी साउदले ४ विकेट हात पारिन्। रूबी खेलकी ओम्यान अफ द म्याच भएकी स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो। यस्तै आजै भएको अर्को खेलमा बझाङले डडेल्धुरालाई ६१ रनले हराएको छ।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ। काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय क्रिकेटप्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.