मेलौलीमा पालिका स्तरीय पोषण सम्बन्धी वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न

 बैतडी-बैतडीको मेलौलीमा नगरपालिकामा पोषण सम्बन्धी वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । बुधबार आ.व २०७९ र ०८० को पालिका स्तरिय पोषण सम्बन्धी वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको नगरपालिकाका स्वास्थ्य संयोजक नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।
गोष्ठीमा नगरपालिकाले एक बर्षभर गरेको पोषण सम्बन्धी कार्यक्रम तथा गतिबिधीहरुको बिषयमा छलफल गरिएको थियो ।त्यस्तै गोष्ठीमा पोषण सम्बन्धी कार्यक्रमहरु बर्षभरी संचालन गरिएका कार्यक्रमहरु के कति प्रभावकारी भए सुधार गर्नुपर्ने पक्ष लगाएतको बिषयमा छलफल गरिएको चन्दले बताउनु भयो ।
गोष्ठीमा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्था प्रमुख एवम् प्रतिनिधीहरुले प्रगती प्रतिवेदन प्रस्तुत गरेको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा सम्पन्न भएको भएको कार्यक्रममा नगरउपप्रमुख पार्वती बाहोरा विष्टको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधिहरुको लगाएतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.