पिएम कप सुदूरपश्चिम छनौट : बैतडी फाइनलमा,उपाधि भिडन्त कैलालीसँग

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडी फाइनलमा पुगेको छ। कैलाली,बैतडी र कञ्चनपुरले समान ३र३ खेल जितेका थिए।

तीनवटै टोलीले तीन खेल जितेका भएपनि कैलाली नेटरनरेटको आधारमा अंकतालिकाको शिर्ष र बैतडी दोस्रो स्थानमा रहदै फाइनलमा पुगेका स्कोरर नरेन्द्रराज भट्टले बताउनुभयो। कञ्चनपुर भने फाइनल होडबाट बाहिरिएको छ। शिर्ष स्थानको कैलालीको +१.१० बैतडीको +१.०३ कञ्चनपुरको+०.३६ नेट-रनरेट रहेको छ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदानमा हुनेछ। प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ।

काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.