बिडिसिए कप क्रिकेट : सेमिफाइनल समिकरण पुरा

बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार सम्पन्न समूह डीको अन्तिम खेलमा त्रिपुरा क्रिकेट क्लब अन्तिम चारमा पुगेसंगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

पाटन क्रिकेट क्लबलाई ७ रनले हराउदै त्रिपुरा सेमिफाइनलमा पुग्यो। त्रिपुराले दिएको १९५ रनको लक्ष्य पन्छाएको पाटन ३३।१ ओभरमा १८८ रनमा समेटियो। उसका लागि मधुर विष्टले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन भने सकेनन् ।त्रिपुराका लागि जयसिंह धामीले ४ विकेट लिए। उनी खेलका म्यान अफ द म्याच घोषित भएका स्कोरर नरेन्द्र चन्दले बताउनुभयो ।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको त्रिपुरा ३०।३ ओभरमा १९४ रनमा समेटियो। जसमा लोकेन्द्र थापाले ५० रन हिर्काए। पाटनका किशोर विकले ४ विकेट लिए।

त्रिपुराले अब पुस २ गते समूह बी को विजेता निङलाशैनी क्रिकेट क्लब संग खेल्नेछ। त्यसअघि पुस १ गते समूह ए को विजेता एनआरवाईसी र समूह सी को विजेता दशरथचन्द एकेडेमीबिच सेमिफाइनल खेल हुनेछ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ। प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो ।

प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.