बैतडी-बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा दशरथचन्द एकेडेमी र एनआरवाइसी बठ्ठा भिड्दैछन्।दशरथचन्द खेलमैदान,सुन्दरखालीमा एकेडेमीले टस जितेर ब्याटिङ गर्दैछ ।
एकेडेमी समूह सी को विजेता र एनआरवाइसी समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।घरेलु मैदान र दर्शकको समर्थनको फाइदा उठाउदै एकेडेमी फाइनलमा पुग्न चाहन्छ। एनआरवाइसी भने उसको घरेलु मैदानमै जित निकालेर उपाधि नजिक पुग्न चाहन्छ।एनआरवाइसी हालसम्म बिडिसिएको उपाधिविहीन टोली हो। एकेडेमी भने बिडिसिएमा पाँचपटक च्याम्पियन भइसकेको टोली हो।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो ।
प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।