बैतडीको नयाँ प्रमुख जिल्ला अधिकारीमा भीमकान्त शर्मा आउने भएका छन्। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएपछि शर्मा बैतडीको सिडिओमा आउने भएका हुन्।
गृहमन्त्रालयमा कार्यरत उपसचिव शर्मालाई बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालयले सरुवा गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए।
बैतडीमा सहसचिवस्तरको सिडिओको दरबन्दी भएपनि गृहले उपसचिव पठाएको हो। यसअघिका प्रमुख जिल्ला अधिकारी पन्थी सहसचिव हुन् । यस्तै उनीभन्दा अघिका सिडिओ राजेन्द्रदेव पाण्डे पनि सहसचिव हुन् ।
पन्थीको सरुवा भएपछि गृहले शर्मालाई सिडिआको रुपमा पठाएको हो।