महिला राष्ट्रिय क्रिकेट : रितुको कप्तानीमा सुदूरको टोली घोषणा

बैतडी । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार रितु कनौनियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। कप्तान रितुसंगै उपकप्तानमा बिन्दु रावल,जानकी थापा,रूबि पोद्दार,लक्ष्मी साउँद,मनिषा चौधरी,ईश्वरी विष्ट,रेवती धामी,राधिका पुजारा,सावित्री धामी,कविता जोशी,सम्झना खड्का,शोभा रोकाया र अनु कडायत अन्तिम १४ मा अटाएका हुन्।

यस्तै स्नेहा महरा,करिष्मा थापा,रूविना कुँवर र गंगा खड्का वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको हो।

प्रदेशस्तरीय छनौटपछि २२ जनाको बन्द प्रशिक्षण गरिएको र त्यसपछि अन्तिम टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताउनुभयो। यो टोलीले अब पुस ५ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ।

सुदूरपश्चिमको पहिलो खेल एपीएफ क्लबसंग पुस ५ गते मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो।

No description available.

Leave A Reply

Your email address will not be published.