बैतडी । मेलौलीका तिन स्वास्थ्य चौकीले चौबिसै घण्टा आकस्मिक सेवा दिने भएका छन। सलेना स्वास्थ्य चौकी, बिशालपुर स्वास्थ्य चौकी र महारुद्र स्वास्थ्य चौकीले चौबिसै घण्टा आकस्मिक सेवा दिने मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए।
नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट आकस्मिक स्वास्थ्य सेवा चौबिसै घण्टा उपलब्ध गराउने उदेश्य अनुरुप चौबिसै घण्टा आकस्मिक सेवा सुचारु गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए। सलेना स्वास्थ्य चौकिको आकस्मिक सेवाको आज उद्घाटन गरिएको छ।
बिशालपुर स्वास्थ्य चौकी र महारुद्र स्वास्थ्य चौकीले दिने चौबिसै घण्टा आकस्मिक सेवाको उद्घाटन लगत्तै गरिने जनाईएको छ। दुर्गम क्षेत्रका नागरिकको चौबिसै घण्टा आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि चौबिसै घण्टा सेवा सुरु गरिएको सलेना स्वास्थ्य चौकि ईन्चार्ज भोज बहादुर चन्दले बताए।
उद्घाटन कार्यक्रम वडा अध्यक्ष कृष्ण दत्त भट्टको अध्यक्षतामा सम्पन्न गरिएको हो। यसैगरी कार्यक्रममा मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्द र सि-अनमी निरिक्षक हरिना भण्डारी लगायत ब्यक्तिहरुको उपस्थिति रहेको थियो। स्वास्थ्य सेवामा पालिकाबासीको सहजै पहुँच पुर्याउने वातावरण निर्माण गर्ने लक्ष्य लिएकाले चौबिसै घण्टा आकस्मिक सेवा शुरु भएपछि सहज हुने बिश्वास गरिएको छ।