बिडिसिए कप क्रिकेट खेलाडीको क्षमता प्रदर्शन गर्ने “प्लेटफार्म”

बैतडी जिल्ला क्रिकेट संघले आयोजना गर्ने बिडिसिए कप क्रिकेट प्रतियोगिता खेलाडीका लागि क्षमता प्रदर्शन गर्ने राम्रो “प्लेटफर्म” बन्दै गएको छ। पच्चीस वर्षअघि मान्यता भएको बैतडी जिल्ला क्रिकेट संघले हाल २० औं संस्करण सम्म पुगेको छ।

दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा गत मंसिर १६ गतेदेखि शुरू भएको २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीलाई सहभागी हुन नपाउने र २३ वर्षमाथिका बढिमा ४ जना एक टोलीमा सहभागी हुन पाउने नियम राखिएको छ। जसले युवा क्रिकेटरको बढी सहभागीता देखिन्छ।

१९ वर्षमूनीका खेलाडीको वर्चस्व र वानडे फरम्याटमा भइरहेको यो प्रतियोगिता खेलाडीका लागि राम्रो ू प्लेटफर्मू का रूपमा परिचय दिएको उन्नाइस वर्षमुनिको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका निङलाशैनी क्रिकेट क्लबका खेलाडी खडकबहादुर बोहराले बताउनुभयो। खेलमैदान र व्यवस्थापन निकै राम्रो रहेकाले खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेर देखाउने यो सुनौलो अवसर हो। उहाँले भन्नुभयो,उचित खेलमैदान र राम्रो व्यवस्थापन रहेको छ, खेलाडीलाई क्षमता प्रदर्शनका लागि राम्रो प्लेटफर्म हो।

यसअघि उचित खेलमैदानको अभावका कारण खेलाडीले आफ्नो खेल प्रदर्शन गर्न कठिन हुने गरेको भएपनि हाल दशरथचन्द मैदान राम्रो बनेको एनआरवाइसी बठ्ठाका टिम कप्तान रामबहादुर चन्दले बताउनुभयो। खेलाडीका लागि खेलमैदान आवश्यकता हो। बैतडी जिल्ला क्रिकेट संघले २०औं संस्करणको प्रतियोगितामा खेलमैदान र अन्य खेलाडी सुरक्षाका कुरा व्यवस्थित गरेको चन्दको भनाइ छ। उहाँले भन्नुभयो, जिल्लाका अन्य थुप्रै प्रतियोगितामा म सहभागी भए,तर बिडिसिएको यो व्यवस्थापन निकै राम्रो लाग्यो,यसको निरन्तरताको जरूरी छ।

प्रतियोगितामा साइड स्क्रिन, स्कोर बोर्ड, बाउन्ड्री रूफ, मेडिकल, फिजिओ, खेलाडीका लागि छुट्टाछुट्टै प्लेयर बक्स, खेलाडीलाई लन्चलगायतको ब्यवस्था गरिएको छ।यसका साथै ५५ मिटर औषत तथा पुर्णसाइजको मैदान,पिच तयार गरि म्याटमा खेलाइएको छ। दिनुहुँ पिच व्यवस्थित बनाउन आवश्यक सामग्री नभएकाले म्याटमा खेल भइरहेका हुन्।

प्रतियोगिताको मुख्य बिशेषता १६ मूनीका खेलाडी र २३ माथि ४ खेलाडी मात्रै छन्। यसले गर्दा १९ वर्षमूनीको बर्चस्व रहने र युवा क्रिकेटर उत्पादनमा सहयोग पुग्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा पूर्व बैतडी जिल्ला क्रिकेट संघका रमेश बोहराले बताउनुभयो। उहाँले भन्नुभयो, टिममा १९ वर्ष आसपासका खेलाडीको वर्चस्व रहेकाले युवा क्रिकेटर जन्मिने आशा छ।

उचित खेलमैदान र व्यवस्थापनसहित सञ्चालन भएको प्रतियोगिताले खेलाडीको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने विश्वास रहेको बोहराले बताउनुभयो। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको गृह जिल्ला समेत रहेको बैतडीमा क्रिकेटको क्रेज पनि निकै रहेको यस्ता प्रतियोगिताले फाइदा पुग्ने विश्वास छ।

यो संस्करणदेखि व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न यो वर्ष चन्दा संकलन गरिएको अध्यक्ष चन्दले बताउनुभयो। अर्को वर्षदेखि थप व्यवस्थित बनाउन स्थानीय सरकार र अन्य महानुभावमा आग्रह समेत गरिएको।

खेलमैदानमा न्युनतम आवश्यक पर्ने सबै कुरा पुगेकोले खेलाडीले राम्रो खेलिरहेका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक तथा प्रतियोगिता संयोजक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो। जिल्लास्तरीय प्रतियोगिताका लागि मात्रै नभएर प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनका लागि समेत मैदान तयार रहेको छ। उहाँले भन्नुभयो, एकदिवसीय फरम्याटमा प्रतियोगिता सञ्चालन गरिएकोले यसले खेलाडीको सबै पक्ष थाहा हुन्छ। ग्रासरूटमा यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा पनि सहयोग पुग्छ। यो प्रतियोगिता खेलाडीका लागि एक प्लेटफर्म पनि हो।,

यो प्रतियोगितालाई स्थानीयले पनि आफ्नो प्रतिष्ठाका रूपमा समेत हेरेकाले सहयोग गरेका छन्। जिल्लास्तरमा गरिने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा मद्दत पुग्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो, जिल्लामा भइरहने यस्ता प्रतियोगिताले खेलाडीको क्षमता अभिबृद्धिका साथै क्रिकेटकोविकासमा टेवा पुग्छ। क्रिकेटको विकास लागि क्रिकेट संघ लागिपरेको बताउदै चन्दले यसका तीनै तहका सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.