बैतडीको दशरथचन्द नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ। निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको शुरुवात गरिएको हो ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं नगर प्रमुख पुष्करराज जोशीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रमुख अतिथी रहेका थिए ।
यही पौष ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभरी १९ सामुदायिक र २ संस्थागत गरेर २१ ओटा विद्यालयको सहभागिता छ ।