बैतडी-बैतडीको मेलौली नगरपालिकाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको योजना शाखाका प्रमुख इन्जिनियर भुवन बागले बताए ।नगरपालिका भवनको भित्रको काम सबै पूरा भइ अहिले झ्याल ढोकाको काम भईरहेको उनले बताए।
१ करोड ६५ लाख ५० रुपौँयाको लागतमा भवनको निर्माण भएको ईन्जिनियर बागले बताए । तिनतले निर्माणधिन भवनको निर्माणका लागि दुई कम्पनी गंगेश्वर निर्माण बेताल सेवा र हुनैनाथ निर्माण सेवा संग ठेक्का सम्झौता गरिएको थियो ।
उक्त भवन निर्माणको काम माघ मसान्त सम्म गरिसक्ने नगरपालिकाले जनाएको छ ।तत्कालिन नगरप्रमुख कृष्ण सिंह नायकको कार्यकालमा २०७५ सालमा सो भवनको शिलान्यास गरिएको थियो ।