मेलौलीमा बदेलको आक्रमणबाट एक जना घाइते

बैतडीको मेलौलीमा बदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। मेलौली नगरपालिका-२ का अन्ताजी ३५ वर्षीय राम बहादुर चन्द बदेलको आक्रमणबाट घाइते भएका हुन् ।

चन्दलाई बुधबार साझ ५ बजेको समयमा बदेलको बथानले आक्रमण गरि घाइते बनाएको हो। स्थानीय स्यालढुङ्गा भन्ने गाउँमै बदेलको बथानले चन्दमाथी आक्रमण गरेको स्थानीयले बताएका छन्।

उनको खुट्टामा गहिरो घाउ बनाएको छ। शरीरका अन्य भागमा पनि चोट छ। घाइते चन्दलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ।

मेलौली नगरपालिका २ र ३ बदेलले आतंकित बनाएको क्षेत्र हो।

Leave A Reply

Your email address will not be published.