आगलागी हुँदा ४ महिने शिशुको मृत्यु

घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुको ज्यान गएको छ। नौगाड गाउँपालिका-३ होपरीगाडका रणविर टमटाको घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आज बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाको २ तले घरमा आगलागी भएको दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्द भण्डारीले जानकारी दिनुभयो। अहिले आगो निभाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेका प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.