बैतडी जिल्ला क्रिकेट संघद्वारा अन्तरक्रिया

 बैतडी-बैतडी जिल्ला क्रिकेट संघले सुदूरपश्चिम प्रदेशका क्रिकेट संघमा आवद्ध जिल्लाहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ। गोठलापानीमा रहेको बैतडी जिल्ला क्रिकेट संघको कार्यालयमा आयोजित अन्तरक्रियामा डडेल्धुरा,डोटी र बझाङ क्रिकेट संघका पदाधिकारी,प्रशिक्षक,व्यवस्थापक,कप्तानलगायतको उपस्थित रहेको थियो।
बैतडी जारी सुदूरपश्चिम प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको अवसरमा गरिएको अन्तरक्रियामा जिल्लाहरूमा क्रिकेटको अवस्थाबारे छलफल गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।

क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि गर्नुपर्ने पुर्वाधार र लगानीबारे अन्तरक्रियामा सहभागीहरूले जानकारी गराएका थिए।पुर्वाधार र प्रतियोगिता सञ्चालनका लागि स्थानीय सरकार र अन्य संघसंस्थासंग समन्वय भइरहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा खेल पू्र्वाधार र आर्थिक अभाव रहेकाले प्रतियोगिता सञ्चालन गर्न समस्या रहेको सहभागीहरूले बताएका छन्। खेलाडी उत्पादनका लागि प्रतियोगिता र प्रशिक्षण आवश्यक रहेको क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

क्रिकेटका कारण नेपाल विश्वभर चिनिएको तर पूर्वाधार अभाव रहेकोले यसमा सरकारले ध्यान दिनुपर्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो। प्रत्येक जिल्लामा नियमित रूपमा प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको बताउदै बोहराले खेलाडी उत्पादनमा ध्यान दिनपर्नेमा जोड दिनुभयो।

Leave A Reply

Your email address will not be published.