मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा पुनः सुचारु

बैतडीको मेलौली नगरपालिकामा रहेको केशरपुर स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुचारु भएको छ। करिब ६ महिनापछि एक्सरे सेवा सुचारु भएको हो। एक्सरे मेसिन बिग्रिएर थन्किएको अवस्थामा नगरपालिकाले जिल्ला अस्पताल बैतडीबाट प्राबिधिक बोलाएर मर्मत गरेपछि एक्सरे सेवा सञ्चालनमा आएको मेलौली नगरपालिकाका स्वास्थ्य साखा प्रमुख नारायण चन्दले जानकारी दिए।

एक्सरे मेसिन सञ्चालनको लागी रेडियोग्राफर पनि नियुक्त गरिएको छ।तल्लो स्वराड क्षेत्रको एक मात्रै रेफरल अस्पतालको रुपमा रहेको केशरपुर स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुचारु भएपनि सेवा प्रवाहमा सहज भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए।

एक्सरे मेसिन छुट्टै राख्नको लागि आवश्यष्क संरचना निर्माणको लागि नगरपालिकामा छलफल भइरहेको स्वास्थ्य शाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.