बैतडी । मेलौली नगरपालिका–०४ ले कम्बल वितरण गरेको छ।जाडोबाट बच्नका लागि जेष्ठ नागरिक अपाङ्घ र विपन्न वडाबासी नागरिकहरुको सम्मानका लागि कम्बल वितरण गरिएको वडा अध्यक्ष हर्क चन्दले बताए।
विहिबार एक कार्यक्रमबीच जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुका लागि कम्बल वितरण गरिएको वडा सचिव गौरी कुमारी चन्दले जानकारी दिनुभयो। २० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको उनले बताए।
शारीरिक रुपमा अशक्त तथा जेष्ठ नागरिकहरुलाई वडा कार्यलयमा कम्बल वितरण गरिएको हो। कम्बल वितरण कार्यक्रममा मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्द, शाखामा कार्यरत राज बहादुर चन्द र स्थानिय हरुको सहभागीता रहेको थियो।