सिगासको प्रशासकीय अधिकृतमा अवस्थी, सुर्नयाबाट सरुवा

बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएको छ। उनको बैतडीकै सिगास गाउँपालिकामा सरुवा भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो।

२०७९ माघ २५ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका अवस्थीको झण्डै एक बर्षमा सरुवा भएको छ। सुर्नयामा रहँदा आफूले सके अनुसार राम्रो काम गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुर्नयामै छदाँ समेत सिगास र डिलाशैनीको कामकाज गर्ने जिम्मा अवस्थीलाई दिएको थियो।सिगास गाउँपालिका गएको असोजदेखि नै प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो।अवस्थीको सिगासमा सरुवा भएसंगै गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको छ।

यता सुर्नया गाउँपालिका भने तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ।

Leave A Reply

Your email address will not be published.