बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट बैतडी आउने भएका छन। मन्त्री भट्टको निजि सचिवालयले बिहीबार एक भ्रमण तालिका सार्वजनीक गर्दै बैतडी आउने जानकारी गरिएको छ।
जिल्लाका बिभिन्न कार्यक्रमहरुमा सहभागि हुन र योजनाहरुको अनुगमनका लागि मन्त्री भट्ट गृह जिल्ला बैतडी आउन लागेको जनाईएको छ। शुक्रबार मन्त्री भट्ट दिउसो ४ बजे बैतडीको देहिमाण्डौमा आउने जानकारी गरिएको छ।
यहि पौष १४ गते शनिबार मेलौली नगरपालिका-०२ दुर्गास्थान स्थित केदारेश्वर माबिको बार्षिकोत्सब कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ। यसैगरी पाटन पश्चेश्वर सडक खण्डको अनुगमन गरिने समेत जनाईएको छ।
पाटन पश्चेश्वर सडक खण्डको अनुगमन कार्यक्रम पाटनमा पौष १५ गते, शिबनाथको शर्मालीमा पौष १६ गते र पञ्चेश्वरमा पौष १७ गते रहेको जनाईएको छ। पौष १८ गते मेलौली उग्रतारा सडक खण्डको अनुगमन कार्यक्रम मेलौलीमा रहेको मन्त्री भट्टको सचिवालयले जनाएको छ।
मन्त्री भट्ट पौष १९ गते गोठलापानी बैतडीको कार्यक्रममा सहभागि हुने छन। पौष २० गते धनगढी कैलालीको कार्यक्रममा सहभागि हुने जनाईएको छ।
यस्तो छ भ्रमणतालिका
