बैतडीको पुर्चौंडीमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

बैतडीको पुर्चौंडी नगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच पुर्चौंडी नगरपालिकामा स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको हो।

नगरपालिकाको विपत व्यवस्थापन समितिको नेतृत्वमा स्थापित भएको आपतकालिन सञ्चालन केन्द्रले विपतको पूर्वतयारी, प्रतिकार्यका क्रियाकलापलाई कृयाशिल,आपतकालिन सूचना प्रवाह लगायतका क्रियाकलाप गर्ने गरि शुक्रबार उद्घाटन गरिएको छ।

विपतको बेला शीघ्र सूचना प्रवाहका लागी नगरपालिकाका विभिन्न सरोकारवाला व्यक्तीहरुको सम्पर्क सहित विवरण राख्ने,उद्धार कार्यदल गठन गर्ने र सूचना प्रवाहमा सहजताका लागी प्रत्येक वडाहरुमा स्वयंसेवक राख्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए।

उद्दघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहरा लगायतको उपस्थिती रहेको थियो।

Leave A Reply

Your email address will not be published.