आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

आज गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैछ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज यो पर्व नयाँ वर्षका रुपमा मनाउने गर्दछन्।

यसवर्ष गुरुङ समुदायले ‘हि ल्हो’ अर्थात बिरालो वर्गको बिदाइ गर्दै गिद्ध वर्ग ‘मि-ल्हो को स्वागत गर्दैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो।

पुस १५ गतेपछि दिन लामो हुँदै जाने भएकाले यो दिनको महत्व रहेको बताइन्छ। यो पर्वको सम्बन्ध सूर्यको किरणसँग जोडिएको छ। गुरुङको बाहुल्य गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते तमु ल्होसार मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप पछि आउने भएकाले माघमा सोनाम ल्होसार र फागुनमा ग्याल्बो ल्होसार मनाइन्छ। तमु ल्होसार पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

Leave A Reply

Your email address will not be published.