पञ्चकोटी युवा क्लबले महिला क्रिकेट गर्दै

बैतडीमा अगामी माघ महिनामा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछन्।

पञ्चकोटी युवा क्लवले आफ्नो वार्षिकोत्सबको अवसरमा आयोजना गरेको प्रतियोगितामा दशरथचन्द नगरपालिकाका सवै वडाको सहभागीता रहने जनाइएको छ। प्रतियोगिताको विजेताले ३० हजार मेडल ट्रफी र प्रमाणपत्र, द्वीतियलाई १५ हजार मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजक पञ्चकोटी युवाक्लवका अध्यक्ष उत्तम चन्द दिनेशले जानकारी दिनुभयो।

यस्तै म्यान अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट किपर, बेस्ट अलराउन्डर, बेस्ट फिल्डर र उदयीमान खेलाडीलाई पनि पुरूस्कार दिइने चन्दले बताउनुभयो। प्रतियोगिताले महिला क्रिकेटको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.