बैतडीमा शुरू प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्ने बैतडीको टोलीको बिदाई गरिएको छ। आज एक कार्यक्रम गरेर गोठलापानीबाट टोलीको बिदाई गरेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।
बिदाई कार्यक्रममा बोल्दै बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले च्याम्पियन बन्न टोलीलाई शुभकामना दिनुभयो। बैतडीले हिजो बझाङसंग पहिलो खेल बैतडीमै खेलेको थियो। बाँकी खेल कैलालीको फाप्ला मैदानमा हुने भएकोले टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
बैतडीले १७ गते अछामसंग खेल्नेछ। बैतडीको कप्तानी बसन्त खत्रीले सम्हालेका छन्।
टोलीका अन्य सदस्यहरूमा उपकप्तान रिसिकेश बोहरा,विकेटकिपर नरेश चन्द, खडक बोहरा,गजेन्द्र बोहरा,हिक्मत महरा,प्रदीप चन्द, सुदीप टमाटा,डम्बर तिरूवा,भुपेन्द्र चन्द,सन्तोष चन्द,आयुश चन्द,नरेन भट्ट र विरेन्द्र चन्द रहेका छन्।यस्तै प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र टिम व्यवस्थापकमा विनोद विष्ट रहेका छन्।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा छनौट प्रतियोगिता सञ्चालनमा रहेको हो। प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।
