बैतडीको मेलौली नगरपालिका-२ मा शैक्षिक गुणस्तर अभिवृद्धी सम्बन्धी र विद्यार्थी मुल्याङ्घन कार्याशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमखु भीम बहादुर चन्दको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष कृष्ण दत्त भट्टको सभाध्यक्षमा धर्मघर मावि सलेना मेलौलीमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक लोकराज जोशीले बताउनभुयो।
वडा.न२ भित्रका-८ विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका विद्यालय व्यस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधी सहित ५० जनाको सहभागीता रहेको जोशीले बताउनुभयो।कार्यक्रममा बोल्दै मेलौली नगरपालिकाका नगर प्रमखु भीम बहादुर चन्दले मेलौली नगरपालिकामा समग्र रुपमा शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर सुधार भईरहेको बताउनुभयो।
उक्त कार्यक्रममा केदारेश्वर मावि दुर्गास्थानमा कार्यरत शिक्षक नारायण दत्त जोशी र धर्मघर माविका प्रधानाध्यापक केशव दत्त भट्ट प्रशिक्षक रहेका थिए। वडा कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम गरेको वडा अध्यक्ष कृष्ण दत्त भट्टले बताउनुभयो।