बैतडीकी शिक्षा चन्दले जितिन् पाँच देश सम्मिलित तेक्वान्दो प्रतियागितामा स्वर्ण पदक

बैतडी-बैतडीकी शिक्षा चन्दले अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेकी छन् । पञ्चेश्वर गाउँपलिका–३, कुलाउ घर भएकी चन्दले नेपाल सहित भारत, दक्षिण कोरिया, स्कटल्याण्ड र बंगलादेश सहभागि अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी हुन् ।
नवलपरासीको बर्दघाटमा आयोजना गरिएको ५ देश सम्मिलित अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा बैतडीकी चन्दले स्वर्णपदक जितेकी हुन् ।

शिक्षा चन्दका बुवा गम्भिर बहादुर चन्दका अनुसार कञ्चनपुरमा फुपुका घरमा बसेर अध्यायन सहित खेलक्षेत्रमा लागेकी शिक्षाले देशकै प्रतिनिधित्व गर्ने अवसरको पर्खाइमा थिइन् । चन्द थप अवसरको पर्खाइमा रहेको चन्दले बताए । देशकै प्रतिनिधित्व गर्न तयार रहेका समेत चन्दले बताए ।
चन्दले यसअघि पनि अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधी जितिसकेकी छन् । खेल क्षेत्रबाट पञ्चेश्वर गाउँपालिकासहित बैतडी जिल्लाकै नाम उचो राखोकोप्रति गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बधाई ज्ञापन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.