शिवनाथ-५ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

बैतडी-बैतडीको शिवनान गाउँपालिका वडा.न -५ मा सातौं वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।उदय माध्यमिक बिद्यालय कफाडीको खेल मैदानमा खेलकुद प्रतियोगिता सम्पन्न भएको वडा अध्यक्ष केशव बहादुर चन्दले बताए।

उक्त महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ६ टिम गरि जम्मा २२ टिम सहभागीता रहेको थियो ।सो प्रतियोगितामा महिला तर्फ उदय स्पोट्र्स क्लुव प्रथम ,शिवपुर्ण मा. वि. लामाखाली दृतिय र शिवपुर्ण मा वि तृतीय भएका छन ।


पुरुष तर्फ बारु युथ स्पोट्र्स क्लब प्रथम, उदय स्पोट्र्स क्लब दृतिय , उदय मा वि. कफाडी, ले तृतीय स्थान हासिल गरेको वडा अध्यक्ष केशव बहादुर चन्दले बताए ।

स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई उजागर गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउनका लागी वडा स्तरमा खेलकुद प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दले बताए।

प्रतियोगितालाई सभ्य, भव्य र मर्यादित रुपमा सम्पन्न गनर्मा सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय,संघ संस्था र सहयोगी हातहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।

Leave A Reply

Your email address will not be published.