भ्रमपुर्ण अश्लिल भिडियोले बद्नाम गर्न खोजिएको शर्माद्धारा स्पष्टोक्ती

बैतडी । आफ्नो मुखाकृती सहित भ्रमात्मक अश्लिल भिडियो सामाजिक सञ्जालमा प्रशार गरिएको प्रती सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीका स्वकीय सचिव चक्रप्रसाद शर्माले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आज एक ध्यानाकर्षण पत्र जारी गर्दै उनले भारतीय अपरिचित वाट्सप कल रिसिभ गर्दा आफ्नो मुखाकृती जोडेर अश्लिल भिडियो बनाई सामाजिक संजालमा प्रसार भइरहेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

डिभियो पुष १४ गते प्रसार गरिएको भएपनि आफु घरमा भएकाले उक्त कुरा ढीला गरी थाहा पाएको बताउनुभयो । वाट्सप कल गर्ने आफुलाई भारतीय बताउने महिलाले आफुसंग एक लाख भारतीय रुपयाँ माग गरेको र नदिएपछि भिडियो इडिट गरि जसरी पनि बद्नाम गर्नसक्ने धम्की दिदै आएको शर्माले बताउनुभयो । उनै महिलाले र उनको गिरोहले उक्त भ्रमित भिडियो प्रशार गरेको हुनसक्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो ‘मलाई एक अपरिचित नम्बरबाट धेरैपटक वाट्सप कल आयो, कोरैछ भनेर रिसिभ गर्दा हीन्दी भाषमै के–के बोल्न थालिन अनि मैले फोन काटेपछि मलाई पैसाँको माग गरिन, सोही दिन पैसा नदिए भिडियो बनाउने धम्की समेत दिएकी थिइन्, मैले वास्ता गरेन, त्यो भ्रमित भिडियो बनाउने गिरोहनै रहेछ ।

शर्माले आफुलाई बदनाम गर्ने र आर्थिक असुली गर्ने नियतले उक्त भिडियो बनाएको र उक्त भिडियोमा कुनै सत्यता नरहेको बताउनुभयो । उक्त भिडियोको पछि नलाग्न र कुनै अपरिचित भारतीय नम्बरबाट कल आएमा रिसिभ नगर्न समेत शर्माले सुझाएका छन् ।

Leave A Reply

Your email address will not be published.