बैतडी । दोगडाकेदारमा सांस्कृतिक महोत्सव तथा व्यापार मेला २०८० हुने भएको छ। श्रिकेदार संस्कृति संरक्षण समाजको आयोजनामा यहि पौष २७ गतेदेखी माघ २ गतेसम्म हुने जनाईएको छ।
केदार माबि दोगडाकेदार गाउँपालिका-०४ पिपलकोटमा बृहत कृर्षि पर्यटन स्वास्थ्य शिबिर सांस्कृतिक महोत्सव तथा व्यापार मेला सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र प्रशाद भट्टले बताए। हामि सबैको एउटै सार, अट्टु संस्कृति हाम्रो श्रिकेदार भन्ने नाराका साथ सांस्कृतिक महोत्सव तथा व्यापार मेला सञ्चालन हुन गईरहेको उनले बताए।
महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक संस्थाले जानकारी दिएको छ। यसैगरी महोत्सवमा केएमसि हस्पिटल द्धारा बृहत स्वास्थ्य शिविर र स्वास्थ्य कार्यालय बैतडीद्धारा दन्त तथा आखाँ शिविर सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष भट्टले बताए।
शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नसा रोग, हाडजोर्नी तथा नसा, छाला तथा यौन रोग, नाक कान घाटिको चेकजाच तथा उपचार, दन्त रोग, मृगौला रोग र मुटु रोग सम्बन्धि चेकजाच तथा उपचार हुने छन। बृहत कृर्षि पर्यटन स्वास्थ्य शिबिर सांस्कृतिक महोत्सव तथा व्यापार मेलामा सहभागि भईदिन सबैमा अनुरोध गरिएको छ।