सानिमा रिलायन्स लाइफ इन्स्युरेन्सको मृत्यु दावी भुक्तानी

बैतडी । सानिमा रियलायन्स लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले मृत्युदावी भुक्तानी दिएको छ। बैतडीको सुर्नया गाउँपालिका-५ रौलेश्वरका बिमित स्व। प्रताप सिंह मडैको परिवारलाई घरनजिकैको वडा कार्यालयमै पुगेर बिमाको टोलीले मृत्युदावी भुक्तानी दिएको हो। मडैको असोजमा मृत्यु भएको थियो।

डडेल्धुराका साखा प्रबन्धक दिजयराज चटौतको टोलीले बिमितको परिवारको घरमै पुगेर पाउनुपर्ने रकम ७ लाख ४५ हजार ३३३ रुपैयाको चेक हस्तान्त्रण गरेको हो। सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य पार्वती मडैद्धारा विमित स्वर्गीय प्रतापकी श्रीमती पार्वती धनाडी मडैलाई ७ लाख ४५ हजार ३३३ रुपैयाको चेक हस्तान्त्रण गरिएको थियो। कार्यपालिका सदस्य मडैले सर्वसुलभ तवरले घरमै पुगेर बिना झन्जट पाउनुपर्ने भुक्तानी दिएकाले धन्यवाद ज्ञापन गर्दै सबैमा बिमामा आबद्ध हुन आग्रह समेत गरेकी छन्।

बिमित मडैको मृत्यु भइसकेपछि आवश्यक प्रक्रिया पुर्याएर बिमितको घरमै पुगेर सो भुक्तानी गरिएको डडेल्धुराका साखा प्रबन्धक चटौतले बताए।

Leave A Reply

Your email address will not be published.