बैतडी । शिवनान गाउँपालिका-०६ मा ७ औँ वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। हिरापुर माध्यमिक बिद्यालय बसेडीभ्वाको खेल मैदानमा शिबनाथ गाउँपालिका अध्यक्ष कर्ण सिह साउदको प्रमुख आतिथ्यमा प्रतियोगिता सुरु भएको वडा सदस्य धिराज चन्दले बताउनुभयो।
प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ। जसमा महिला तर्फ ५ र पुरुष तर्फ ८ टिमको सहभागिता रहेको वडा अध्यक्ष भरत राम पार्कीले बताउनुभयो।

प्रतियोगिताको पहिला दिन पुरुष तर्फका आठ खेल सम्पन्न भएको छन। महिला तर्फको खेल भोलीबाट सुरु हुने वडा सदस्य चन्दले बताउनुभयो। प्रतियोगितामा प्रथम हुने महिला पुरुष दुबैको टिमलाई १० हजार, दोस्रो हुने टिमलाई ८ हजार र तेस्रो हुने टिमलाई ६ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरीने जनाईएको छ।
प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने जनाईएको छ।