बैतडीमा १६ औ संस्करणको एनआरवाइसी कप टि १० क्रिकेट प्रतियोगिता हुने भएको छ। नागार्जुन रणशैनी युवा क्लब,बठ्ठाको आयोजनामा यहि पुस २६ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले २५ हजार,ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक नागार्जुन रणशैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो। यस्तो उपविजेताले १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ।
यसका साथै म्यान अफ दि सिरिज,बेस्ट बलर,बेस्ट ब्याटर, बेस्ट फिल्डर,बेस्ट किपर र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरूस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले पुस २४ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने क्लबका अध्यक्ष तारा महरले बताउनुभयो ।टिम दर्ता शुल्क ३ हजार ५ सय रहेकोछ। प्रतियोगिताका खेलहरू बगलेखान माविको मैदानमा सञ्चालन हुनेछन्
एनआरवाइसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको क्लबका प्रवक्ता महेश चन्दले बताउनुभयो। प्रतियोगिताले क्रिकेटको विकास हुने विश्वास रहेको आयोजक नागार्जुन रणशैनी युवा क्लबले जनाएको छ।
