पिएम कप क्रिकेट : कैलालीको दोस्रो जित, बझाङ बाहिरियो

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई १०६ रनले हरायो।

जितका लागि पाएको २१२ रनको लक्ष्य पछ्याएको बझाङ २६।५ ओभरमा १०६ रनमा समेटियो । जसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाएपनि हार भने टार्न सकेनन्। कैलालीका प्रकाश सुनारले ३,धर्म जोशी र डमेर सुनारले २र२ विकेट हात पारे।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा ६ विकेटको क्षतिमा २११ रन बनायो। उसका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन हिर्काए। बझाङका अशोक धामीले २ विकेट लिए।

कैलालीका टेक रावत म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो। यो संगै कैलाली ३ खेलमध्ये दुईमा जित निकाल्दै ४ अंक जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ। लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट बाहिरिएको छ। कैलालीले अब अन्तिम खेल आइतबार बैतडी र बझाङले शुक्रबार अन्तिम खेलमा अछामसंग भिड्नेछ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ।

Leave A Reply

Your email address will not be published.