न्युनतम स्वास्थ्य सेवा मापदण्डका आधारमा जिल्ला अस्पताल बैतडीले ९३ प्रतिशत अंक पायो

 

बैतडी-न्युनतम स्वास्थ्य मापदण्डका आधारमा जिल्ला अस्पताल बैतडी उत्कृष्ट भएको पाईएको छ । बिहीबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय र निक साइमन इन्च्यिुटले गरेको सयुक्त अनुगमनले जिल्ला अस्पताल न्युनतम स्वास्थ्य सेवा मापदण्डका आधारमा उत्कृष्ट देखीएको हो ।

अस्पतालमा भौतिक संरचनाको उपलब्धताका आधारमा गरिएको अनुगमनमा जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक प्राप्त गरेको छ ।

प्रत्येक ६÷६ महिनामा गरिने अनुगमनमा अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रको प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनशक्ति लगायतका सुचकका आधारमा अंक प्रदान गर्ने गरिएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुशिल विकले जानकारी दिए ।

जनशक्ती अभावका कारणले गर्दाले पनि गत वर्षको तुलनामा यो वर्ष न्युनतम स्वास्थ्य सेवा मापदण्डका आधारमा केही कमी आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन् ।

एक जना मेसु र एक जना मेडिकल अधिकृत लगायत कुल दरबन्दी २२ जनाको भएपनि करारसहितगरी हाल ११ जना चिकित्सक कार्यरत रहेको जिल्ला अस्पताल बैतडीका नयाव सुब्बा उमश कुमार पन्तले जानकारी दिए । लेखापाल सहित नवौँ तहका डाक्टरको समेत अभाव रहेको छ । मन्त्रालयलाई माग गर्दै आएको भएपनि पदपुर्ति हुन नसकेको भट्टले बताइन् ।

न्युनतम स्वास्थ्य मापदण्डका आधारमा गत वर्ष ९५ प्रतिशत अंक प्राप्त गरेको थियो ।

Leave A Reply

Your email address will not be published.