बैतडीको शिवनाथ-६ मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

बैतडी । शिवनाथ गाउँपालिका-०६ मा ७ औँ वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। हिरापुर माध्यमिक बिद्यालय बसेडीभ्वाको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको वडा सदस्य धिराज चन्दले बताउनुभयो।

प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो। महिला तर्फ ५ र पुरुष तर्फ ८ टिमको सहभागिता रहेको वडा अध्यक्ष भरत राम पार्कीले बताउनुभयो।

प्रतियोगितामा पुरुष तर्फ रोयल शिबनाथको टिम प्रथम भएको छ। यसैगरी हिरापुर माबि बसेडीभ्वा दोस्रो र गाउले कानलीको टिम तेस्रो भएको वडा सदस्य चन्दले बताउनुभयो। महिला तर्फ हिरापुर माबि बसेडीभ्वा प्रथम भएको छ। रोयल कानलीको टिम दोस्रो र कुमारी स्पोर्टको टिम तेस्रो भएको जनाईएको छ।

महिला तर्फ हिरापुर माबिको सरिता चन्द र पुरुष तर्फ रोयल शिबनाथका दिलिप धनाडी उत्कृष्ठ खेलाडी छनौट भएका छन। प्रतियोगितामा प्रथम हुने महिला पुरुष दुबैको टिमलाई १० हजार, दोस्रो हुने टिमलाई ८ हजार र तेस्रो हुने टिमलाई ६ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

वडा अध्यक्ष भरत राम पार्कीको सभाध्यक्ष र शिबनाथ गाउँपालिका कार्यपालिका सदस्य राजेन्द्र दयालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.