बैतडीको पञ्चेश्वरमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड माघ ४ गतेदेखी

बैतडी । पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ४ गतेदेखी हुने भएको छ। जवलपुर माबि आम्चोराको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने पालिकाले जनाएको छ।

गाउँपालिकाले सोमबार एक सुचना प्रकाशन गर्दै पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितामा पालिका भरीका सम्पूर्ण माध्यमिक बिद्यालहरुलाई बिद्यार्थी सहभागि गराईदिन आग्रह गरिएको छ।

प्रतियोगितामा सहभागि हुने माध्यमिक बिद्यालहरुले माघ ३ गतेसम्म बिद्यार्थीहरुको बिवरण पठाउनु पर्ने छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा बिद्यार्थीहरुको बिवरण सहित फारम पठाउनु पर्ने गाउँपालिकाले जनाएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.