बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ २ गतेदेखी हुने भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितामा पालिका भरीका सम्पूर्ण माध्यमिक बिद्यालहरुलाई बिद्यार्थी सहभागि गराईदिन आग्रह गरिएको छ।
प्रतियोगितामा सहभागि हुने माध्यमिक बिद्यालहरुले यहि पुष २९ गतेसम्म बिद्यार्थीहरुको बिवरण पठाउनु पर्ने छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा बिद्यार्थीहरुको बिवरण सहित फारम पठाउनु पर्ने नगरपालिकाले जनाएको छ।

