बैतडी । बैतडीको शिबनाथमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। नगार्जुन माबि शर्मालीको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको शुरुवात गरिएको छ।
गाउँपालिका अध्यक्ष कर्ण सिह साउदको अध्यक्षतामा र पुर्चौडी नगरपालिका नगर-प्रमख दिपक बमको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्दघाटन गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पौष २६ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा पालिका भरीका ८ माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको जनाईएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद, प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महता, नगार्जुन माबि शर्मालीका प्रधानाध्यापक माहामल सिह साउद, जिल्ला खेलकुद समिति अध्यक्ष चमन कुमार भण्डारी, जिल्ला भलिबल प्रशिक्षक हरि सिह भण्डारी, नेपालि काँग्रेस जिल्ला कार्य समिति बैतडीका कोषाध्यक्ष चक्र बहादुर चन्द, पुर्चौडी नगरपालिका-७ का वडा अध्यक्ष धिरेन्द्र बम शिबनाथ गाउपालिकाका वडा अध्यक्षहरु, पालिका शाखाका प्रमुख एवं बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक पत्रकार लगायत स्थानीय हरुको उपस्थिति रहेको थियो।