परराष्ट्र मन्त्री साउदद्वारा श्रीकेदार महाेत्सवकाे उद्दघाटन

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका – ४ पिपलकाेटमा आजदेखि श्रीकेदार सांस्कृतिक महोत्सव तथा व्यापार मेला शुरू भएको छ। बृहत कृषि, पर्यटन स्वास्थ्य शिविरसहित सांस्कृतिक महोत्सव र व्यापार मेला शुरू भएको आयोजक श्रीकेदार संस्कृति संरक्षण समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयाे ।

संस्कृतिको संरक्षण गर्ने र स्थानीय बजारको विकासका लागि मेलाको आयोजना गरिएको भट्टकाे भनाइ छ ।  सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको परराष्ट्रमन्त्री एनपी साउदले उद्दघाटन गर्ने गर्नुभएको छ। उद्घाटन समाराेहमा बाेल्दै मन्त्री साउदले भारतसँग सीमा जाेडिएकाे बैतडीको झुलाघाटमा पक्की पुल बन्ने आश्वासन दिनुभयाे। झुलाघाटमा पक्की पुल बने समग्र सुदूरपश्चिमकाे विकास हुने उहाँको भनाइ छ।

आगामी माघ २ गते सम्म सञ्चालन हुने सांस्कृतिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागिता रहने बताइएको छ ।  महोत्सव तथा व्यापार मेलामा विभिन्न स्वास्थ्य शिविर सञ्चालन हुनुका साथै स्थानीय उत्पादनहरुको विक्रि वितरणका लागि स्टलहरु राखिएका छन् ।

महोत्सवकै समयमा स्वास्थ्य कार्यालयको सहयोगमा खानेपानीको मूहानहरुको परीक्षण गर्ने कार्यक्रम रहेको छ भने घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम समेत तय भएको छ।  यस्तै पौष २८ र २९ गते आँखाका बिरामीहरुका लागि शल्यक्रियासहितको शिविर सञ्चालन हुने बताइएको छ ।

गेटा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सञ्चालनको तयारी भएको हो ।  महोत्सव तथा व्यापार मेलाको समयमा स्थानीय नागरिकहरुलाई विभिन्न सरकारी सेवाहरु घरदैलोमा पुर्याउने प्रयास भइरहेको अध्यक्ष भट्टले बताउनुभयाे।

Leave A Reply

Your email address will not be published.