बैतडी –बैतडीको पाटन नगरपालिका–८खाडपे स्थित सिद्धेस्वर खोडपे खानेपानी योजनाको परराष्ट्रमन्त्री एनपी साउँदले स्थलगत अनुगमन गरेका छन् ।
बेला बेलामा प्राविधिक समस्या आईरहेने खानेपानी योजनाको मर्मतका लागि पहल गर्ने बताएका छन् ।
शनिबार खोडपे बजारमा स्थानीयसँगछलफल समेत गरेका मन्त्री साउँदले समस्याग्रस्त खानेपानी योजनाको अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा मन्त्री साउँदले यस योजनाको मर्मसम्भारको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । खोडपे खानेपानी योजनामा बेलाबेला प्राविधिक समस्या आउने गरेको छ । जसका कारण खोडपे बजार लगायतका उपभोक्ताहरुलाई निकै सास्ती हुने गरेको छ ।