बैतडी-बैतडीमा जारी १६ औ संस्करणको एनआरवाइसी कप टि १० क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ।
आयोजक एनआरवाइसी ए,त्रिपुरा,कैलपाल र पञ्चकोटी सेमिफाइनलमा पुगेका हुन्।प्रतियोगिताका सेमिफाइनल खेल आइतबार हुने आयोजक नागार्जुन रणशैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो।
पहिलो सेमिफाइनल खेलमा आयोजक एनआरवाइसी ए र त्रिपुरा तथा दोस्रोमा कैलपाल र पञ्चकोटी भिड्नेछन् ।नागार्जुन रणशैनी युवा क्लब,बठ्ठाको आयोजनामा बगलेखान माविको मैदानमा प्रतियोगिता पुस २६ गते शुरू भएको हो।
माघ १ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले २५ हजार,ट्रफि मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै उपविजेताले १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ।
यसका साथै म्यान अफ दि सिरिजलाई ५ हजार ५ सय,बेस्ट बलर,बेस्ट ब्याटर, बेस्ट फिल्डर,बेस्ट किपर र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरूस्कारको व्यवस्था गरिएको छ।
एनआरवाइसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको क्लबका प्रवक्ता महेश चन्दले बताउनुभयो ।प्रतियोगिताले क्रिकेटको विकास हुने विश्वास रहेको आयोजक नागार्जुन रणशैनी युवा क्लबले जनाएको छ।