बैतडी-बैतडीको शाहिलेकमा कपडा बैंक सञ्चालनमा आएको छ । “हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका साथ कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।
महेश दत्त भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकान्द पाण्डेयले मिलेर कपडा बैंक सञ्चालनमा ल्याएका हुन ।

आईतबार देखी कपडा बैंकका लागि कपडा संकलन सुरु भएको युवा समाजसवी महेश दत्त भट्टले बताए । बिरेन्द्र माद्यमिक विद्यालयका १७ जना असहाय बालबालिकाहरुलाई न्यानो लुगा दिएर माघ १ गते सोमबारदेखि औपचारिक शुभारम्भ गरिएको भट्टले बताए ।

कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत गर्ने जनाइएको छ । यस कपडा बैंकमा कपडा दिएर सहयोग समेत गर्न सकिने छ ।
सोमबार दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशीको प्रमुख आतिथ्यतामा कपडा बैंकको उद्घाटन गरिएको हो । उक्त कार्यक्रमका विशिष्ट अतिथिमा नगर उपप्रमुख कौशिला चन्द रहेका थिइन् ।

उक्त उद्घान कार्यक्रममा समाजसेवी, बुद्धीजिवीहरुको सहभागीता रहेको थियो ।समाजिक रुपमा सक्रिय रहेको यस समुहले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहने गरेका छन् ।