मेलौलीमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलीबाट

बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भोलीबाट हुने भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

भोली बिहान १० बजेबाट प्रतियोगिता सुरु हुने नगर खेलकुद विकास समितीका अध्यक्ष सागर भण्डारीले बताए। नगरपालिका भित्रका माध्यमिक विद्यालयको सहभागिता रहने गरि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो।

 

Leave A Reply

Your email address will not be published.