बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट हुने भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
आज बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने नगर खेलकुद विकास समितीका अध्यक्ष सागर भण्डारीले बताए। नगरपालिका भित्रका माध्यमिक विद्यालयको सहभागिता रहने गरि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो।
यसैगरी प्रतियोगिताको अवधिभर मदिरा बिक्री वितरण गर्न नपाईने भएको छ। सोमबार नगर प्रमुख भिम बहादुर चन्दद्धारा जारी गरिएको सुचनामा सो कुरा जानकारी गरिएको छ।
माघ २ गतेदेखी ५ गतेसम्म सञ्चालन हुने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवधीभर शान्ती भंग हुने र मदिरा बिक्री वितरण गर्न नपाईने जानकारी गरिएको छ। पूर्वमा वडा नं। १ को कार्यालयदेखी पश्चिममा मणिलेक माद्यमिक बिद्यालय, उत्तरमा सरस्वती आधारभुत बिद्यालय मेलौली–०६ पोखरीदेखी दक्षिणमा मेलौली–०१ आगरसम्मको किल्लासम्म मदिरा बिक्री वितरण गर्न नपाईने भएको छ।
मेलौली भगवती मन्दिरको प्राङगणमा सञ्चालन हुने प्रतियोगितको अवधरीभर नगरपालिकाले तोकेका किल्लाभित्र माघ ६ गतेसम्म मदिरा बिक्री वितरण गर्न नपाईने भएको हो। प्रतियोगितालाई शान्त र मर्यादीत तवरले सम्पन्न गर्नमा सहयोग गरिदिन आग्रह गरिएको छ।