मेलौलीमा जारी राष्ट्रपति रनिङ शिल्ड : अहिलेसम्म कुन-कुन खेल सम्पन्न भए?

बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट शुरु भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरि प्रतियोगिता सञ्चालन भएको हो।

मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको अध्यक्षता र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ।

पहिलो दिन बिभिन्न खेल सम्पन्न भएका छन। १०० मिटर दौड अन्तर्गत छात्र तर्फ मणिलेक माबि प्रथम, बिशालपुर माबि द्धित्तीय र भरतपुर माबि तृतीय भएका छन। छात्रा तर्फ मणिलेक माबि प्रथम, जगदम्बा माबि द्धित्तीय र शितलपुर माबि तृतीय भएको भलिबल प्रशिक्षक हरि भण्डारीले बताए।

८०० मिटरको दौडमा छात्र अन्तर्गत बिशालपुर माबि प्रथम, मणिलेक माबि द्धित्तीय र कमलपुर माबि तृतीय भएका छन। छात्राको दौड आज हुने जनाईएको छ। सटपुट अन्तर्गत छात्र तर्फ बिशालपुर माबि प्रथम, मणिलेक माबि द्धित्तीय र कमलपुर माबि तृतीय भएका छन। छात्रा तर्फ कमलपुर माबि प्रथम, मणिलेक माबि द्धित्तीय र बिशालपुर माबि तृतीय भएको भलिबल प्रशिक्षक भण्डारीले बताए।

पहिलो दिन भलिबल र कबड्डीका बिभिन्न खेलहरु पनि भएका थिए। बाकि खेलहरु आज हुने नगर खेलकुद बिकास समिति अध्यक्ष शंकर भण्डारी (सागर)ले जानकारी दिए।

प्रतियोगितामा नगरपालिकाभरीका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन रहने छ।

Leave A Reply

Your email address will not be published.